जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण
मेरोन्यूज
२०८१ साउन १९ गते १२:१८

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाभित्र जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । जोखिममा रहेका बालबालिकासहित अभिभावकलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको ‘सहयात्रा परियोजना थ्री’मार्फत गाउँपालिकाका आठवटा वडाका चार सय ३२ बालबालिकालाई खाद्यान्न वितरण गरिएको भिडिसेफका अध्यक्ष कल्पना रावलले जानकारी दिइन् । “जोखिममा रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, उनीहरुको खाद्य अधिकार सुरक्षित गर्न आवश्यक सामग्री वितरण गरेका छौँ”, उनले भनिन् ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिकालाई वडा बालअधिकार समितिको सिफारिसमा खाद्यान्न वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष धर्मा शाहीले बताए ।
सम्बन्धित
















सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
प्रतिक्रिया