शैक्षिक सुधारका निम्ति ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम

जुम्ला । गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका सबै विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर सुधार गर्नेदेखि, पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गर्ने भएको छ । जीवनोपयोगी व्यावसायिक एवं प्राविधिक शिक्षालाई जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गरिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए। उनले नैतिक शिक्षा पनि त्यसमा समावेश भएको बताए ।
अध्यक्ष बुढाले भने, “विपन्न, अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई श्रमसँग जोड्न ‘पढ्दै कमाउँदै रमाउँदै परियोजना’ पालिकाको शङ्कर बहुउद्देश्यीय माध्यामिक विद्यालयमा लागू हुनेछ । ”
विद्यार्थीको वास्तविक समस्या पहिचान गरी गाउँपालिकाले समाधान गर्ने कार्यक्रमको लक्ष्य छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर उनीहरूका समस्या बुझ्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिने उनले बताए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया