‘शिक्षा क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाइने’

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएका छन् ।
प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताए।
त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उहाँले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राखे।
शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरी अघि बढ्ने बताउँदै मन्त्री भट्टराईले विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने लक्ष्यका साथ विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।
दोषीलाई दण्ड र निर्दोषलाई सफाइ पाउने प्रणाली व्यवस्थित गर्दै लोकतान्त्रिक राज्यको अवधारणा निर्माण गर्न मन्त्रालय अघि बढेको उनको भनाइ छ । उनले उच्च शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए ।
राज्य शिक्षासँग जोडिन अपरिहार्य भएको हुँदा शिक्षालाई नीतिले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उनले हालै आएको एसईई तथा कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै दिगो परीक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताए ।
वर्तमान सरकार मुलुकमा सुशासन र समृद्धिसहित जनतामा विश्वास र आशा जगाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।















बागमती प्रदेशका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया