पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

वीरगञ्ज (पर्सा) । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो ।
दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको आज दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामवद्ध भएको बताए ।
“भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजाराँै दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ । टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ । रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ ।”
पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ । उहाँले सोमबार भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए।
अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयो । पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दशनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताए।
“यो पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने निकै चर्चित महादेवको भाथाधाम हो”, उनले भने, “भारतका विभिन्न राज्यबाट यो मन्दिर दर्शन गर्न हजाराैँ दशनार्थी आउने गर्नुहुन्छ ।” मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् ।
धेरैजसो दशनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ ।
बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ । पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताए ।
“पर्सामा भएको यो ऐतिहासिक र प्राचीन महादेव मन्दिरका रूपमा चर्चित छ”, उनले भने, “परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै दर्शन गर्न आएका हौँ ।”
वीरगञ्ज महानगरका प्रविन पटेल पनि हरेक वर्ष दुग्धेश्वर महादेव मन्दिरको दर्शन गर्न परिवारसहित आउने बताए । “यहाँको मन्दिरमा दर्शन गरेपछि आत्मसन्तुष्टि हुने गर्छ”, उनले भने, “यस वर्ष पनि श्रीमती र छोरालाई मोटरसाइकलमै राखेर दर्शन गर्न ल्याएको हुँ ।” भाथाधाममा वैशाख त्रियोदशीको दिन बर्सेनि मेला लाग्ने गर्छ ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया