पशुपतिनाथ देवपत्तनमा रहेको भजन फल्चाको पुन: निर्माण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ ।
सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन् । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ ।
जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो । वडाध्यक्ष संगतले भने, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो ।’
फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ । उद्घाटनपछि बोल्दै भकुंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भने, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ ।’
वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ ।










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया