हिंसा चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश
मेरोन्यूज
२०८१ साउन २१ गते १५:२५

काठमाडाैं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् ।
आरक्षणलाई लिएर चलिरहेको आन्दोलन चर्किएपछि हसिनाले सोमबार राजीनामा दिएर देश छाडेको बीबीसीले उल्लेख गरेको छ ।
आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।
सोमबार विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् । र्यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ ।
सडकमा सेना तैनाथ गरिएपनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ ।
सम्बन्धित
















सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया