बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
मेरोन्यूज
२०८१ साउन २१ गते १७:३०

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छन् ।
मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिनुभएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् ।
त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूताबासलाई निर्देशन दिइन् ।
ढाकास्थित नेपाली दूताबासले बङ्गलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।
सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।
सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूताबाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूताबासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया