बंगलादेशमा रोकिएन लुटपाट र आगलागी

काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् ।
राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ ।
सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट भागेका थिए ।
मंगलबार पनि प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने, आगलागी गर्ने र लुटपाट गर्ने क्रम रोकेका छैनन् ।
प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । कैयौं प्रहरी चौकीका हतियार समेत लुटिएको बताइएको छ ।
बंगलादेशको सेनाको अहिले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारीविरुद्ध आक्रामक नहुने र कुनै किसिमको जवाफी कारवाही नगर्ने रणनीति बनाएका कारण स्थिति शान्त हुन नसकको बताइएको छ । प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकार भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा समेत सेनाले हस्तक्षेप नगरेको बताइएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया