आइतबार, वैशाख २०, २०८३

रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव फेला 

मेरोन्यूज २०८१ साउन २३ गते १०:४१

रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ।

Advertisement
NiccNicc

नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताएका छन।

गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्री सहीत गएका १० जनाको टोलीले लगातारको प्रयास पछी मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी  हुमागाईंले बताएका छन ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

प्रतिक्रिया