तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

दमौली। तनहुँमा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ७७७ राहदानी वितरण गरेको छ।
राहदानी लिनेमध्ये ६ हजार ७३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार ७४३ राहदानी सिफारिस गरिएको छ।
कार्यालयले एक वर्षको अवधिमा आठ हजार ९५५ नागरिकता वितरण गरेको छ। तीमध्ये वंशजको आधारमा आठ हजार ९४६ र वैवाहिक अंगीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ। नागरिकता प्राप्त गर्नेमध्ये चार हजार ७२८ महिला र चार हजार २२६ पुरुष छन्।
यसैगरी, सात हजार ६६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ। सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।
वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। उनका अनुसार कार्यालयबाट ५१५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ। २५ हजार २२७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।
८४५ लाई जनजाति प्रमाणित, ४१८ लाई दलित प्रमाणित, सयजनालाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। उनका अनुसार १५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छ भने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ।
सोही अवधिमा कार्यालयमा १४५ मुद्दा दर्ता भएकामा ७९ फर्स्याेट भएका छन्। संस्था दर्तातर्फ २५ नयाँ, ६ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन्।
कार्यालयले संस्था दर्ताबाट रु. १० लाख ३० हजार ६ सय १०, हातहतियारबाट रु. ६ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट रु. आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु. ११ लाख ५० हजार ६३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु. दुई लाख २३ हजार राजस्व संकलन गरेको जनाएको छ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया