बिहीबार, चैत १९, २०८२

डडेल्धुरामा जीप दुर्घटना : दुई घाइते, एकको अवस्था गम्भीर

मेरोन्यूज २०८१ साउन २४ गते २१:०१

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–५ पीपलचौतारामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो। जीपमा चालकसहित ८ जना सवार थिए।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।  चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया