बिहीबार, वैशाख २४, २०८३

काठमाडौं प्लाजानेरको भ्वाङ परेकाे सडकबारे बालेन : ‘यो टुकुचामाथिको बाटो हो’

मेरोन्यूज २०८१ साउन २५ गते १२:२०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं प्लाजा नजिकैकाे सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्।

Advertisement
NiccNicc

बिहीबार राति परेको ठूलो भ्वाङ देखाउँदै बालेनले यस्ताे बताएका हुन् ।

सामाजिक सञ्जालमा भ्वाङको भिडिओ राख्दै उनले भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।’

मेयर बालेनले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।’

प्रतिक्रिया