शुक्लाफाँटामा दुर्लभ अजिङ्गर फेला

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो ।
आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए ।
“अजिङ्गर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,” उनले भने , “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिङ्गर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।”
निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् । अजिङ्गर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए ।
उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया