टेलर स्विफ्टको कन्सर्टमा आक्रामण गर्ने योजना बनाउने एक इराकी अष्ट्रियामा पक्राउ

काठमाडौं, २७ साउन । भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आइएसआइएस प्रेरित एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।
सो कन्सर्टमा आतकंबादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका एक १८ बर्षिय इरानी नागरिकलाई पक्राउ गरिएको अष्ट्रेलियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।
सुरक्षा अधिकारीहरूले स्विफटको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यस पछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेकाे थियाे ।
इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ । अनुसन्धान पछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको वाचा गरेका थिए । जाे स्विफ्टकाे कन्सर्टमा हमला गर्ने तयारीमा रहेकाे भनिएकाे छ तर प्रहरीले थप विवरण भने दिएकाे छैन ।













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया