बंगलादेशका बैंकबाट २ लाख भन्दा बढी निकाल्न नपाइने, ठुला लेनदेन शंकाका घेरामा
मेरोन्यूज
२०८१ साउन २७ गते १२:४३

ढाका । बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ ।
२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।
यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।
बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ ।
ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।
सम्बन्धित
















यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया