भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरेका हुन् ।
महानगरपालिकाभित्र रहेका ३१ हजार आठ सय ११ परिवारका १७ हजार ९४ बालबालिकामध्ये १२ हजार नौ सय ९८ बालबालिकाले पूर्णखोप पाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका ती बालबालिकाले पूर्णखोप पाएको र चार हजार तीन सय ३१ बालबालिका खोप लगाउने चरणमा नै रहेको महानगर जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।
उनकानुसार घरधुरी सर्वेक्षणका क्रममा छ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र दुई सय २९ बालबालिकाले आंशिक खोप लगाएको पाइएको थियो । ती बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो ।
समन्वय प्रमुख अधिकारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरेका हुन् । उनले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताए। “पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको छ । घोषणापछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका अपेक्षा गरेका छौँ”, उनले भने ।
महानगर प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्ने पालिकाको जिम्मेवारी रहेको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नका लागि आफ्ना बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गरिन् । दाहालले भनिन्, “महानगरले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अवधारणाअनुसार आवश्यक कार्य अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पु¥याउन मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”
महानगर उपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भविष्य उज्ज्वल हुने बताए । उनले अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, भरतपुर महानगरपालिकाको सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेल लगायतले धारणा राखेका थिए ।
महानगरपालिकालाई यसअघि विसं २०७४ मा पनि पूर्णखोप घोषणा गरिएको थियो ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया