मौरीससमा ग्रीनकार्ड पाइने प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेले एक महिलालाई २०८० माघ १३ गते नेपालबाट नयाँ दिल्ली हुँदै मोरीसस पुर्याएका थिए।
त्यहाँ मासिक ७० हजार नेपाली रुपैयाँ कमाई हुने भनी न्यौपानेले महिलाबाट लागत खर्च भनी २ लाख ५० हजार रुपैयाँ लिएका थिए।
कुकको काममा लगाइदिने र केही समयपछि ग्रीनकार्ड पाइने भनेपछि महिलाले न्यौपानेलाई रकम दिएकी थिइन्।
मिश्रका अनुसार न्यौपानेले त्रिभुवन विमानस्थलबाटै दिल्ली उडाएका थिए। विमानस्थलमा न्यौपानेले महिलालाई ‘मोरिसस’ लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए।
न्यौपानेका साथीले मौरीससको विमानस्थलमा महिलालाई रिसिभ गरेर उतैका नागरिकलाई जिम्मा दिए।
ती नागरिकले बुद्धिराज न्यौपानेबाट ‘उपहारस्वरुप खरिद गरी ल्याएको’ भन्दै महिलालाई दैनिक १७/१८ घन्टा घरायसी काममा लगाउन थाले।
‘महिलालाई खाना खान र तलबसमेत नदिएर चरम श्रम र यौनशोषण गरेको खुल्न आएको छ,’ मिश्रले भने।
मौरीससका नागरिकसँग महिलाले नेपाल फर्काइदिन अनुरोध गरिन्। तर, उनले डर-धम्की दिएर राखिरहे।
ती महिला काम गरेको ठाउँबाट राति भागेर पोर्चुगलमा रहेका नेपालीहरूको सहयोगमा २०८१ असार २० गते नेपाल आइपुगेकी थिइन्। महिलाले नेपाल आएर जाहेरी दिएपछि प्रहरी न्यौपानेको खोजीमा थियो।
पक्राउ परेका न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए।
















विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया