बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत

ढाका। संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनर्स्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका टि्ब्युनले लेखेकाे छ ।
महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ ।
‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रीफिङमा भनेका छन् ।
‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।
आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया