शनिबार, पुष १९, २०८२

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

मेरोन्यूज २०८१ साउन ३० गते १७:५३

काठमाडौँ । प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया