जसपा नेपालले चार महिने संगठन विस्तार जनअभियान सञ्चालन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले संगठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यही साउन २७ गतेदेखि सुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो ।
बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ । बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ ।
यही भाद्र ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नुहुनेछ । प्रथमचरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने संगठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई सङ्गठन निर्माणमा होमिन निर्देशन दिए । उनले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गरे ।

















काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
प्रतिक्रिया