शुक्रबार, पुष १८, २०८२

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्टबीच सहकार्य

मेरोन्यूज २०८१ साउन ३१ गते १७:००

काठमाडौँ ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एउटा शक्तिशाली पार्टी उदय भएको घोषणा गरेका छन् ।

बिहिवार अनामनगरस्थित संवाद डबलीमा विशाल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा आजको दिन ऐतिहासिक भएको उनले बताएका हुन् ।

विशाल नेपाल कम्युनिस्ट पार्टीको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुलाई फराक फुरुक गर्ने अवसर प्राप्त भएको बताए । अध्यक्ष नेपालले यो पार्टीले पहिलो पटक आफ्नो मालिक आफै बनाउने प्रक्रियाको प्रारम्भ गरेको समेत बताए ।

उनले आजको दिनबाट ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्ट पार्टी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। आजकै दिनबाट कसलाई के गर्ने र कसलाई तर्साउने खेल सुरु गर्ने अध्यक्ष नेपालको भनाइ छ ।

उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्ट पार्टीकाे सहकार्यले गर्दा नेपाली जनतालाइ पुर्ण रुपमा सहजिकरण बनाउन ठुलो योगदान पुग्ने बताए

प्रतिक्रिया