कोशी प्रदेश’ विरुद्ध जसपा नेपालले गठन गर्यो ९ सदस्यीय संघर्ष समिति

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ । कोशी प्रदेश नामाकरणको विरुद्धमा भईरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्व शान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो । आदिवासी जनजाति समुदायमा रुचाईएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पुर्याउन सक्ने क्षमता भएकोले चर्चित नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवले बताए ।
संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं. १ का अध्यक्ष दिपक याख्या, विदेश इन्चार्ज डा. केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन् ।
यही साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो । यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहिबार समितिले पूर्णता पाएको छ ।
पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फूत ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो । कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाकारण हुनुपर्ने आवाज उठाउँदै भएका हरेक आन्दोलनको समर्थनमा जसपा नेपाल उभिँदै आएको छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया