हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा कर्मचारीले गरे तालाबन्दी

हेटौँडा । हेटौँडा अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट भन्दै एक समूहले शुक्रवार तालाबन्दी गरेको हो ।
तालाबन्दी गर्नेमा अस्पतालका पुराना कर्मचारी जयराम राईमाझी लगायत ६/७ जना रहेको निर्देशक आर्यालले जानाकारी दिए । राईमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।
राईमाझीका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। “अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ,” उनले भने। उनको माग छ कि सूचना सच्याइनुपर्छ र हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनुपर्छ।
राईमाझीले आफूहरूको मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रने तयारीमा रहेको समेत बताए । तर अस्पतालले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया