गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।
शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।
समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए ।
‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्य हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौं,’ गृहमन्त्री लेखकले भने ।
यस्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए । ‘भारतको सबैभन्दा ठूलो अनुदानको परियोजन हो । यो समयमै सम्पन्न हुन्छ । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०-११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ । यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ,’ उनले भने ।
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया