एक्शन फिल्मका लागि शाहिद र बिशाल फेरी एकसाथ

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूर र निर्माता निर्देशक विशाल भारद्वाजले सन् २००९ मा ‘कमिने’ र २०१४ मा ‘हैदर’ मा ठूलो पर्दामा सँगै काम गरेका थिए । दुवै चलचित्रले बक्स अफिसमा समेत शानदार कमाई गरेका थिए । अब फेरी निर्माता साजिद नाडियाडवालाले शाहिद र विशाललाई एक्शन-प्याक थ्रिलरको लागि एक साथ ल्याएका छन् ।
मिडिया रिपोर्टका अनुसार विशालको यो करियरको पहिलो एक्सन फिल्म हुनेछ । रिपोर्टका अनुसार साजिद नाडियाडवाला, शाहिद कपूर र विशाल भारद्वाजले एक एक्शन थ्रिलरको लागि हात मिलाएका छन् । यो मिशनमा आधारित एक्शन थ्रिलर फिल्म हुने बताइएको छ भने निर्माता नाडियाडवालाले यसलाई सबैभन्दा ठूलो तरिकामा प्रस्तुत गर्न लागेका छन् ।
रिपोर्टका अनुसार साजिद र विशालले यो भूमिकाका लागि शाहिद कपूर सबैभन्दा उपयुक्त रहेको विश्वास गरेका छन् । यति मात्र होइन, यो शीर्षकविहीन फिचर फिल्मका लागि ६ एक्शन सेट निर्माण गर्ने योजना पनि बनाइएको बताइएको छ । रिपोर्टका अनुसार शाहिद यस एक्शन थ्रिलरको कथाबाट प्रभावित भएर तुरुन्तै यो फिल्म गर्न राजी भएका थिए । फिल्मको छायांकन भारत र अमेरिकामा हुने बताइएको छ ।
अहिलेसम्म बनेका सबै चलचित्र भन्दा फरक ढंगले प्रस्तुत हुने यो चलचित्र आजका दर्शकका लागि बन्ने बताइएको छ । निर्माताहरूले ए-लिस्टर नायिकालाई मुख्य अभिनेत्रीको रूपमा कास्ट गर्न खोजिरहेका छन् । प्रि-प्रोडक्सनको काम सुरु भइसकेको छ र यो चलचित्र सन् २०२५ मा ठूलो पर्दामा आउनेछ ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया