ट्रम्पले जितेको र ४ वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

काठमाडौँ । अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ ।
यस सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गरेका छन् । यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन् । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन् ।
डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पलाई आलोचना गरेका छन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए । उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने- ‘हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।’
ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप-राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे ।
त्यस्तै सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे ।
आफ्नो सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला-ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया