अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप
मेरोन्यूज
२०८१ भदौ ६ गते १३:२४

काठमाडौँ। अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासूस भएको आरोप लागेको छ ।
अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ । चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ ।
जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’
ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।
यसबाहेक, उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै गरेको समेत रिपोर्टमा उल्लेख छ ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया