लुकाकुलाई भित्र्याउदै नापोली
मेरोन्यूज
२०८१ भदौ ८ गते १६:२१

काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ ।
हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।
चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ ।
गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।
लुकाकु र नापोलीको व्यवस्थापनबीच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडी बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ । त्यस्तै लुकाकुले नापोलीमा बार्षिक ६ मिलियन युरो पारिश्रमिक लिने गरि सहमति भएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया