अनलाइन किनेकाे अन्डरवियर लगाउँदा प्रेग्नेन्ट !

चीनकी एक महिला आफ्नो अनौठो दाबीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । महिलाको दाबी छ कि उनले एक अन्डरवियर अनलाइन किनेकी थिइन्, जुन लगाउँदा उनकी छोरी गर्भवती भइन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती महिलाले चीनको सबैभन्दा ठूलो अनलाइन रिटेल प्लेटफर्म मध्येको एक ताओबाओबाट एक जोडी अन्डरवियर किनेको दाबी गरिन् र आफ्नो छोरी यो लगाएपछि गर्भवती भएको गुनासो ग्राहक सेवामा गरिन्। कम्पनीका कर्मचारीहरूले ती महिलालाई यो सम्भव नभएको भनी बुझाउने प्रयास गरे पनि महिलाले स्पष्टीकरण चाहन्छु भनी अडिग रहिन्।
महिलालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए ।
ती महिलाले आफ्नो कथा सार्वजनिक गर्न सक्छिन् कि भनेर कम्पनीलाई डर थियो । त्यसैले कम्पनीले तुरुन्तै महिला र ग्राहक सेवा बीचको कुराकानीलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका थियो ।
यो पोष्ट एकैछिनमा भाइरल हुन पुग्यो । पोष्ट हास्यास्पद टिप्पणीहरूले भरिएको थियो। कतिपयले आमाको गालीबाट बच्न केटीले यो नाटक रचेको टिप्पणी गरेका छन् भने कतिपयले हास्यास्पद कमेन्ट गर्दै अनौठा कारणहरु बताएका छन् ।
















मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया