सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरे ।
पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताए । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताए । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरीहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ”, उनले भने ।
जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।
अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको अवधारणा (मोडेल)लाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । “भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले, “जनप्रतिनिधिलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न पर्दछ ।”
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहले सम्पदा संरक्षणमा अझ बढी भूमिका खेल्नुपर्नेमा जोड दिए । बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले नगरभित्रका सबै सम्पदाको पुनःनिर्माण अन्तिम चरणमा रहेको जानकारी दिए ।

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया