कुवेतद्वारा ग्यास आपूर्तिका लागि कतारसँग १५ वर्षे सम्झौता

काठमाडौं । कुवेतको सरकारी तेल कम्पनीले सोमबार कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन ।
कतारइनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने कुवेत पेट्रोलियम कर्पोरेसन (केपिसी) ले विज्ञप्तिमार्फत बताएको छ ।
केपिसीका प्रमुख कार्यकारी शेख नवाफ साउद अल–सबाले भने, “छोटो समयमै कतारइनर्जीसँगको यो दोस्रो दीर्घकालीन सम्झौताले हाम्रो दीर्घकालीन सहयोगलाई पुष्टि गर्दछ ।”
कुवेतले सन् २०२० मा राज्यको स्वामित्वमा रहेको कतारी ऊर्जा फर्मसँग यस्तै प्रकारको सम्झौता गरेको थियो ।
शेख नवाफले सम्झौताले ऊर्जा सङ्क्रमणका लागि कुवेतको दीर्घकालीन रणनीति अनुरूप ‘ऊर्जाको स्वच्छ स्रोत उपलब्ध गराउने’ बताए ।
जुनको मध्यदेखि तेल समृद्ध कुवेतले गर्मीमा बढ्दो विद्युत् खपतलाई सम्बोधन गर्न आवासीय र औद्योगिक क्षेत्रहरूमा बिजुली राशन लागु गरेको छ ।
नयाँ सम्झौताअन्तर्गत कुवेतको अल–जौर रिफाइनरीमा एलएनजी डेलिभरी सन् २०२५ देखि सुरु हुने तालिका रहेको केपिसीले बताएको छ ।
कतारइनर्जीका प्रमुख कार्यकारीसमेत रहेका कतारका ऊर्जामन्त्री साद अल–काबीले भने, “यो नयाँ दीर्घकालीन साझेदारी हो, यो कुवेतको दिगोपन लक्ष्यहरू विशेषगरी विद्युत् उत्पादन क्षेत्रमा समर्थन गर्ने एक केन्द्रीय तत्व हो ।”कतार अमेरिका, अस्ट्रेलिया र रुससँगै विश्वको शीर्ष तरलीकृत प्राकृतिक ग्यास उत्पादकमध्ये एक हो ।
फेब्रुअरीमा कतारले उसको नर्थ फिल्ड प्रोजेक्टबाट उत्पादन विस्तार गर्ने योजना घोषणा गर्दै सन् २०३० भन्दाअघि क्षमतालाई प्रतिवर्ष १४ करोड २० लाख टनसम्म बढाउने बताएको थियो ।
















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया