साफ यू-२० च्याम्पियनसिपको फाइनल आज : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया