भारतमा बाढीका कारण १५ जनाको मृत्यु

भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।
रिपोर्टअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीहरूले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ ।
बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिनुभएको छ ।
मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ । जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र चरम मौसमी घटनाहरूको सङ्ख्या बढिरहेको विज्ञहरूले बताएका छन् ।
उत्तरपूर्वी राज्य त्रिपुरामा गत हप्ता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
बङ्गलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया