पर्सामा संयुक्त उद्धार अभ्यास

वीरगञ्ज (पर्सा) । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताए । “पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहेको छ”, उनले भने, “जलउत्पन्न प्रकोपको सम्बन्धमा आज हामीले पूर्वतयारीको अभ्यास गर्यौँ । आगामी दिनमा नेपाली सेनाको संयोजनकमा आगलागी सम्बन्धित पूर्वअभ्यास गर्नेछौँ ।”
प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताएकपटकमा । सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो । सो अभ्यासका क्रममा नदीमा बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो ।
पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।
यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो ।
पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षात्को समयमा जिल्लाको पश्चिम क्षेत्र डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पुुर्याउने गर्छ । पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् । मौसमजन्य विपद्अन्तर्गत नेपाल विश्वमा ११औँ स्थानमा पर्छ ।
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया