कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित
मेरोन्यूज
२०८१ भदौ १३ गते १९:१८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला प्रमुख रहेको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् ।
उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् । विभागमा डा लोकनाथ दुलाल, डा विष्णु बस्याल, डा तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया