बाँके बस दुर्घटनामा थप १ जनाको मृत्य

नेपालगञ्ज (बाँके) । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।
दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगञ्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनामा घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ । तीमध्ये भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
निर्वाचनकाे सुरक्षा तयारी चुस्तदुरुस्त बनाउन कर्णाली प्रदेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया