बिहीबार, पुष १७, २०८२

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

मेरोन्यूज २०८१ भदौ १५ गते ७:३४

काठमाडौँ।

फ्रान्समा जारी पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन् ।

पलेशा नेपालका लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

प्रतिक्रिया