राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

काठमाडौँ । भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् ।
शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो ।
उत्तर प्रदेशका मोहम्मद अमानलाई एकदिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ । यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ । जसमा ३ एकदिवसीय खेल पुडुचेरीमा र २ चारदिवसीय खेल चेन्नईमा हुनेछन् ।
दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ । १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्, यद्यपि उनको प्रदर्शन खासै रहेन । उनले ७ इनिङ्समा ८२ रन मात्र बनाउन सके । जबकि उनले एकपटक पनि बलिङ गरेका छैनन् । तर, यसअघि उनले कुचबिहार ट्रफीमा ३६२ रन बनाएर १६ विकेट लिएर कर्नाटकलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया