प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गुरुङलाई किन गराए सचेत ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराएका छन् ।
मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्बजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।
शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।
मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् ।
उनले भने- मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराए ।’
भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफुले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया