फिल्ममा डेब्यु गर्दै टिकटकर तथा मोडल स्मारिका ढकाल
मेरोन्यूज
२०८१ भदौ २० गते १९:२७

काठमाडौं । चर्चित टिकटकर तथा मोडल स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् ।
टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।
फिल्ममा स्मारिकाको शीर्ष भूमिका रहने छ । शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशास्त्र’लाई पहिलो पटक निर्माण इजाजत दिएका थिए ।
फिल्ममा स्मारिकाका अलावा समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पौडेल, सुरवीर पण्डित, पूर्णिमा थापा लगायतको अभिनय रहनेछ। यसको छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।
स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । टिकटक हुँदै चर्चामा आएकी ढकाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित छिन्।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया