फिल्ममा डेब्यु गर्दै टिकटकर तथा मोडल स्मारिका ढकाल
मेरोन्यूज
२०८१ भदौ २० गते १९:२७

काठमाडौं । चर्चित टिकटकर तथा मोडल स्मारिका ढकालले ‘ज्ञानशास्त्र’बाट फिल्ममा डेब्यु गर्ने भएकी छन् ।
टिकटकरको रुपमा उदाएकी उनलाई निर्माताले शीर्ष भूमिकामा अनुबन्धित गरेका छन् ।
फिल्ममा स्मारिकाको शीर्ष भूमिका रहने छ । शिक्षालाई राजनीतिबाट मुक्त गर्न एक महिला पात्रले गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएपछि ‘ज्ञानशास्त्र’लाई पहिलो पटक निर्माण इजाजत दिएका थिए ।
फिल्ममा स्मारिकाका अलावा समीर खान, रविन्द्र झा, नरेश पौड्याल, सुशील पौडेल, सुरवीर पण्डित, पूर्णिमा थापा लगायतको अभिनय रहनेछ। यसको छायांकन भदौ २२ देखि धादिङ र चितवनमा छायांकन सुरु हुँदैछ ।
स्मारिकालाई टिकटकमा पछ्याउनेको संख्या ११ लाख छ । टिकटक हुँदै चर्चामा आएकी ढकाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित छिन्।
सम्बन्धित
















इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया