जुम्लाको हिमा: जिल्लाकै पहिलो ‘पूर्ण साक्षर पालिका’

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् । बालविकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।
हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया