महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा दुई निकायबीच सहकार्यको सुरुवात भएको हो ।
पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्धेश्यका साथ सहकार्य भएको हो ।
सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ ।
यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।










देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग खेल्दै नेपाल
प्रतिक्रिया