उपसभामुख रानालाई हटाउन खोजेको भन्दै संसदमा रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।
‘एउटा सम्मानित पदलाई संवैधानिक परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हुनुहुन्छ, रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ, ’ उनले भने ।
सचेतक परियारले आज लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पार्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने चेतावनी दिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया