उपसभामुख रानालाई राजीनामा दिन गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बास्कोटाले निरन्तर पीडित हुनुभन्दा पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
‘त्यसैले मेरो भन्नु के छ भने जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त। बाँकी सबैलाई एकमुष्ठ जवाफ भएन?,’ उनले भने।
आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको भन्दै राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि मार्ग प्रशस्त गर्न सक्ने साहस र आँट हुनुपर्ने उनले बताए।
‘मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई जब यत्रो प्रश्न उठेर सदनमा पटकपटक कुरा उठिसक्यो भने यहाँ कयौं दृष्टान्तहरू छन् जसमध्ये म पनि एउटा हुँ। प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ उनले भने, ‘ममाथि छानबिन गरियोस् भनेर, दोषी भए प्रमाणित गरियोस्, तथ्यका आधारमा प्रमाणित गरियोस् र कारबाही गरियोस्। यो नैतिकता यति आँट, यति साहस राजनीतिक मान्छेहरूसित हुनुपर्छ।’
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया