उपसभामुख रानालाई राजीनामा दिन गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बास्कोटाले निरन्तर पीडित हुनुभन्दा पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
‘त्यसैले मेरो भन्नु के छ भने जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त। बाँकी सबैलाई एकमुष्ठ जवाफ भएन?,’ उनले भने।
आफूमाथि प्रश्न उठ्दा मन्त्री पदबाट राजीनामा दिएको भन्दै राजनीतिक व्यक्तित्वहरूसँग प्रश्न उठेपछि मार्ग प्रशस्त गर्न सक्ने साहस र आँट हुनुपर्ने उनले बताए।
‘मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई जब यत्रो प्रश्न उठेर सदनमा पटकपटक कुरा उठिसक्यो भने यहाँ कयौं दृष्टान्तहरू छन् जसमध्ये म पनि एउटा हुँ। प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ उनले भने, ‘ममाथि छानबिन गरियोस् भनेर, दोषी भए प्रमाणित गरियोस्, तथ्यका आधारमा प्रमाणित गरियोस् र कारबाही गरियोस्। यो नैतिकता यति आँट, यति साहस राजनीतिक मान्छेहरूसित हुनुपर्छ।’













कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया