लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको प्रदेश सभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची छ ।अघिल्लो प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
समितिको बैठकले केही थप्नुपर्ने विषयहरूलाई समावेश गरेर पुनः प्रदेश सभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया