बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुआत भएको छ । विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो ।
देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम समेत सुरु भएको बताए । उनले बायोग्यास प्लान्टबाट जैविक मलको दैनिक उत्पादन क्षमता तीन हजार पाँच सय किलो रहेकामा हाल प्रतिदिन दुई हजार किलोग्राम उत्पादन भइरहेको बताए ।
खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता एक हजार किलोग्राम रहेकोमा हाल पाँच सय किलो ग्राम उत्पादन भइरहेको उनले बताए । प्लान्टबाट उत्पादित जैविक मलको प्रतिकिलो रु २० र खाना पकाउने प्रतिएलपी ग्यासको (प्रतिसिलिन्डर) रु एक हजार चार सय ५० मूल्य कायम गएिको निर्देशक पन्तले जानकारी दिए ।
उनले क्षमता अनुसार उत्पादनका लागि तयार भएर काम सुरु गरिसकेको बताउँदै बजार नभएका कारणले क्षमताभन्दा कम उत्पादन गर्नुपरेको जानकारी दिए । बजार माग अनुसार उत्पादनको क्षमता पनि बढाउँदै लगिने उनको भनाइ छ ।
उनले बायोयास प्लान्टमा उपहानगरपालिकाले दैनिक रुपमा सङ्कलन गर्दै आएको कुहिने फोहर, कृषि क्षेत्रको फोहर र औद्योगिक क्षेत्रको फोहरलाई गरी दैनिक ३० हजार किलोग्राम फोहरको व्यवस्थापन भइरहेको बताए ।उनले सङ्कलन भइरहेको कुहिने फोहरलाई बायोयास प्लान्टमा प्रशोधन गरी जैविक मल र एलपी ग्यासको उत्पादन गर्दै आएको जानकारी दिए ।
बायोयास प्लान्टबाट कम्पोस्ट र झोल मल पनि उत्पादन भइरहेको छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगर र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा गत आवमा २०८० सालमा रु झण्डै २१ करोडको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । बायोग्यास प्लान्ट निर्माणमा सरकारको ४० प्रतिशत र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसको ६० प्रतिशत लगानी रहेको जनाइएको छ । देव ट्रेनिङले २० वर्षसम्म प्लान्ट चलाएर धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया