दक्षिण भारतमा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु
मेरोन्यूज
२०८१ भदौ २६ गते १८:२७

काठमाडौं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा बुधबार एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
मृतक सबै मजदुर थिए । उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका थिए । गहिरो खाल्डोबाट बच्न तीव्र गतिमा मोड लिँदा चालकले नियन्त्रण गुमाउँदा गाडी पल्टिएर नहरमा खसेको थियो ।
गाडी पल्टिएपछि मजदुरहरूलाई पनि नहरमा खसेका र काजुको बोराको तौलले थिचेको थियो । श्वासप्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको हो ।
सडक दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया