काठमाडौंको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न निष्ठापूर्वक प्रयास गरेँ : तत्कालीन सिडिओ बस्नेत

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले १४ महिने कार्यकालमा आफुले काठमाडौंको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न निष्ठापूर्वक इमान्दार प्रयास गरेको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जालमार्फत सरकारप्रति आभार व्यक्त गर्दै बस्नेतले यस भूमिकामा रहँदा आफुले काठमाडौंको समग्र शान्ति सुरक्षा कायम राख्न, जिल्ला भित्रको सार्वजनिक सेवा प्रवाहमा थप सहजीकरण गर्न, विपद् पूर्व तयारी तथा प्रतिकार्यमा समन्वय गर्न, विकास सहजीकरण गर्न, बजार अनुगमनलाई प्रभावकारी बनाउन, अन्तर सरकारी एवं अन्तर निकाय समन्वय गर्न र कानून कार्यान्वयन लगायतका कार्यमा निष्ठापूर्वक इमान्दार प्रयास गरेको बताएका हुन् ।
बस्नेतले २०८० साल असार २१ गतेदेखि २०८१ साल साउन २६ सम्मको अवधिमा काठमाडौँ जिल्लाका ४८औँ प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेका थिए।
बुधबार गृह मन्त्रालयले काठमाडौंको सिडिओमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ । बस्नेतलाई भने मन्त्रालय सरुवा गरेको छ ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया