पन्च इभीको ‘रिजनल लन्च’ पूर्वबाट सुरू

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरू गरिसकेको छ।
विर्तामोड स्थित अलास्का अटोमोबाइल र विराटनगर स्थित गोयल अटोमा टाटा पन्च इभी सार्वजनिक गरिएको छ।
साथै, सोही कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको छ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग वाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो।
पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरू पन्च इभीको प्रतीक्षा गरिरहेका र लन्च कार्यक्रममा ग्राहकहरूलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको अलास्का अटोमोबाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए।
पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ।
टाटा पन्च इभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीको भनाइ छ।
पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू–भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले रहेको छ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले जिएनसिएपीमा ५ स्टार सेफ्टी रेटिंग पाएको छ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया