बिहीबार, पुष १७, २०८२

करातेकी एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी

मेरोन्यूज २०८१ भदौ २८ गते १९:३५

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जितेकी छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा एरिका वर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।

यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।

प्रतिक्रिया